नेपाली सेना जस्तो सुकिलो, गरिमा बोकेको प्रतिष्ठित संस्थामा पछिल्लो समय विभिन्न प्रकरणले गर्दा दाग लाग्न थालेको छ । माथिल्लो दर्जाका केही हाकिमहरुका कारण संस्थानै बदनाम हुन बाध्य भएको छ ।
केहिले अधिकृतहरूको उमेर विवादले त केहिले महिला काण्डले नेपाली सेना जस्तो निडर संस्थालाई समेत अछुतो राख्न सकेन । यसैबीच महासेनानी दिरेन्द्रकुमार मल्लको जन्ममितिमा कैफियत देखिएपछि जर्नेल बनाउने भन्दै अमेरिकाबाट झिकाएर बर्खास्त गरिएको घटना बाहिर आएसँगै यता, प्रमुख सेनानी विशेष पौडेल भने महिला काण्ड लागेर सैनिक हिरासतमा पुगेका छन् ।
सोही प्रकृतिको लफडामा अर्का लेफ्टिनेण्ट कर्नेल तुलबहादुर बोहोरालाई समेत सैनिक प्रहरीले हिरासतमा राखेको छ । आफ्नै कार्यालयकी महिला सैनिकलाई होटलमा बोलाएको आरोपमा प्रमुख सेनानी पौडेलमाथि अनुसन्धान भइरहेको छ । काठमाडौंको डिल्लीबजारस्थित बन्दोबस्ती अड्डामा कार्यरत उनले अनैतिक उद्देश्यसहित आफूलाई बोलाएको भन्दै महिला ब.का.सि (बन्दोबस्ती कार्य सिपाही) ले उजुरी दिएकी थिइन् ।
त्यसलगत्तै सैनिक प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । उनी आफ्नो हिरासतमा रहेको कुरा सेनाका सूचना अधिकारी सहायक रथी गौरवकुमार केसीले पुष्टि गरे । ‘केही दिनदेखि निगरानीमा हुनुहुन्छ । उहाँमाथि सैनिक आचरणविपरीतको कसूर लागेको आरोप छ । अहिले यस विषयमा छानबिन भइरहेको छ’, उनले भने ।
आफ्नो बर्दीलाई नै बिर्सिएर होस् गुमाएका प्रमुख सेनानीको अब त घैंटोमा घाम लाग्नु पर्ने हो ।
प्रतिक्रिया