+
Search

ताजा अपडेट +

पपुलर +

कृष्णमानलाई आयुक्तमा नियुक्त गरे ५१ प्रतिशत महिलाको अपमान हुन्छ : रोशन कार्की

सजिलोपाना संबाददाता
२०८१ श्रावण १४, सोमबार

काठमाडौं । राप्रपाका सांसद रोशन कार्कीले निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका यौन शोषणको आरोप लागेका कृष्णमान प्रधानलाई नियुक्त गरे ५१ प्रतिशत महिलाको अपमान हुने बताएकी छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद कार्कीले प्रधानलाई नियुक्ति गरे त्यो संविधानको धारा २४५ को उपधारा ६ विपरीत हुने बताइन् ।

‘कृष्णमान प्रधानमाथि एक महिलालाई लामो समयसम्म यौन शोषण गरेको आरोप लागेको छ । ती महिलाले संसदीय समितिमा उजुरी दिएकी छन् र तिनको भनाई अनुसार अदालत गुहारेर किस्ताबन्दीमा एक करोड २५ लाख रुपैयाँ तिरेको रसिद रहेको छ’, उनले भनिन्, ‘त्यस्तो आरोप लागेका प्रधानलाई नियुक्ति गरियो भने ५१ प्रतिशत महिलाको अपमान हुन्छ ।’

उनले यौन शोषण गर्ने व्यक्ति उच्च नैतिक चरित्रको हुन नसक्ने भन्दै प्रधानलाई समितिले नालायक घोषणा गर्नुपर्ने बताइन् । प्रधानमाथिको संसदीय सुनुवाइ सकिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना संबाददाता