काठमाडौं । निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानलाई आयुक्तमा संसदीय सुनुवाई समितिबाट अनुमोदन गर्न नसकिने निष्कर्षमा नेपाली कांग्रेस र नेकपा एमाले पुगेका छन् ।
कांग्रेस र एमालेको छुट्टाछुट्टै छलफलपछि बसेको संयुक्त बैठकले प्रधानलाई अनुमोदन गर्न नसकिने निष्कर्ष निकालेको हो ।
काँग्रेस–एमालेले प्रधानलाई अनुमोदन गर्न नसकिने निष्कर्ष निकाले लगत्तै प्रधानले आफ्नो नाम फिर्ता लिन निबेदान दिएका छन् ।
प्रतिक्रिया