कैलाली । सुदूरपश्चिममा प्रतिपक्षमा रहेका दल नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति रेशम पक्षका सांसदले दिउँसै माेबाइलकाे टर्च लाइट बालेर प्रदेश सरकारकाे खाेजी गरेका छन् ।
साेमबारकाे प्रदेश सभा बैठकमा सुदूरपश्चिम सरकारको तर्फबाट एक जना पनि मन्त्री सहभागी नभएपछि प्रतिपक्षका सांसदले प्रदेश सभा भवनकाे बाहिर उभिएर माेबाइलकाे टर्चलाइट बालेर सरकारकाे खाेजी गरेका हुन् ।
बाढी पहिरोबाट ठूलो क्षति भएको र त्यहि विषयमा प्रदेश प्रमुखसँग आग्रह गरेर आह्वान गरिएको विशेष अधिवेशनमा पनि सरकार उपस्थित नभएको उनीहरुकाे गुनासाे छ । आजकाे लागि बैठक ने स्थगित भएकाे छ ।
प्रदेश सभाको बैठकमा कम्तीमा पनि एक जना सरकारको मन्त्रीको सहभागिता हुनुपर्छ । तर मुख्यमन्त्री दीर्घ बहादुर सोडारी विशेष अधिवेशनमा सहभागी नहुने रणनीति तय गरेका छन् । किनकी नयाँ सत्ता समिकरण बनेसँगै एमालेले समर्थन फिर्ता दिएपछि सुदूरपश्चिम सरकार अल्पमतमा परेको छ।
तर, मुख्यमन्त्री सोडारीले अहिलेसम्म विश्वासको मत लिने छाँटकाँट देखाएका भने छैनन् ।
प्रतिक्रिया