+
Search

ताजा अपडेट +

पपुलर +

सिद्धार्थ बैंकका ग्राहकहरुलाई दूषित प्रिन्सेस काठमाडौंमा १५% सम्म छुट

सजिलोपाना संबाददाता
२०८१ श्रावण १४, सोमबार

काठमाडौं । सिद्धार्थ बैंक र दूषित प्रिन्सेस (Dusit Princess) काठमाडौं बीच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले लाजिम्पाट स्थित दूषित प्रिन्सेस(Dusit Princess)काठमाडौंमा बैंकको कार्ड, मोबाईल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा फुड, बेभरेज र लजिङ्गमा १५% सम्म छुट प्राप्त गर्न सक्नुहुनेछ । यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा खुल्ला रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’मा ०१ – ५९७००२० फोन गरी वा customercare@sbl.com.np ईमेल मार्फत सम्पर्क गर्न सकिनेछ ।

बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना संबाददाता