काठमाडौँ । नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा दुर्घटनामा परेको एयर डाइनेस्टीको हेलिकप्टरमा सवार पाँचै जनाको ज्यान गएको छ। एयर डाइनेष्टीको नाइन एन-एजेडी कलसाइनको उक्त हेलिकप्टर पाइलट हेमन्त मल्लले उँडाएका थिए।
हेलिकप्टरमा चार जना चिनियाँ पर्यटक सवार थिए। हेलिकप्टरमा चिनियाँ पर्यटकहरू जुदाड टाङ (पुरुष), जीलि (पुरुष), यियाद वु-महिला) र जेमिङ सी (पुरुष) रहेका थिए।
सबै तस्बिर नेपाल प्रहरी
प्रतिक्रिया