+
Search

ताजा अपडेट +

पपुलर +

आयोन बन्यो चीनमा दोस्रो र विश्वमै तेस्रो ईभी ब्रान्ड

सजिलोपाना संबाददाता
२०८१ श्रावण २८, सोमबार

काठमाडौं । चिनियाँ विद्युतीय पेसेन्जर गाडी आयोनले विश्वभर सर्वाधिक रुचाइएको ईभी गाडीअन्तर्गत परेको छ । बिक्रीका हिसाबले चीनमा दोस्रो र विश्वमै तेस्रो ईभी ब्राण्ड बनेको कम्पनीले बताएको छ ।

आयोन विश्वका प्रमुख  विद्युतीय सवारी साधन निर्मातामध्ये जीएसी ग्रुप चीनको उत्पादन हो । यो उल्लेखनीय उपलब्धिले विद्युतीय सवारी साधन बजारमा, जीएसी ग्रुपको  सवारी साधनमा गुणस्तर र दिगोपनको प्रतिबद्धता झल्काएको कम्पनीको दाबी छ ।

नेपालमा जीएसी मोटर्सको आधिकारिक विक्रेतका रुपमा आयोनलाई सीजी मोटर्सले आयात र बिक्री वितरण गर्दै आएको छ । नेपालमा विद्युतीय सवारीसाधनहरूमा पछिल्लो समय आयोन वाई लोकप्रिय बनेको छ ।

चार महिनाअघि भित्रिएको आयोन वाई छोटो समयमै नेपाली उपभोक्ताहरूको मनपर्ने सवारी साधन बनेको कम्पनीको भनाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना संबाददाता