+
Search

ताजा अपडेट +

पपुलर +

सनराइज सेक्युरिटिजले सुरु गर्यो सेयर कारोबार

सजिलोपाना संबाददाता
२०८१ श्रावण ३०, बुधबार

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको शत्प्रतिशत स्वामित्वमा संस्थापित सन्राइज सेक्युरिटिज लिमिटेडले व्यवसायिक सञ्चालन सुरु गरेको छ ।

बुधबार एक समारोहकाबिच लक्ष्मी सनराइज बैंक लिमिटेडका अध्यक्ष रमण नेपालले सो कम्पनीको कारोबार औपचारिक रूपमा सञ्चालन गरेको हो । उक्त कार्यक्रममा शुभकामना उनले कम्पनीले आगामी दिनमा शेयर कारोबारसँग सम्बन्धित सेवा सहज रूपमा दिने विश्वास व्यक्त गरे ।

उनले व्यवसायिक सेवा प्रदान गर्दै पूँजी परिचालन तथा नेपालको पूँजी बजारको विकासमा आफ्नो तर्फबाट केही योगदान गर्ने कार्य प्रभावकारी रूपमा सन्राइज सेक्युरिटिज लिमिटेडले सफलता पाउन सकोस् भनी कामना गरे ।

सोही कार्यक्रमका बिशेष अतिथि लक्ष्मी सन्राइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले लक्ष्मी सन्राइज बैंक लिमिटेडको सहायक कम्पनीको रूपमा अर्को एउटा संस्था स्थापित भएकोमा खुसी र शुभकामना व्यक्त गरे ।

साथै स्नराइज सेक्युरिटिज लिमिटेडका प्रबन्ध सञ्चालक कमल गौतमले संस्थाले धितोपत्र खरिद बिक्री सम्बन्धी सम्पूर्ण सेवाहरू गुणस्तरिय रूपमा एकै ठाउँबाट सरल र सहज रूपमा प्रदान गर्न सकिने जानकारी दिए ।

गैह्रिधारा–२, काठमाडौंमा केन्द्रिय कार्यालय रहेको सो कम्पनीको अधिकृत तथा चुक्ता पूँजी २० करोड रूपैयाँ रहेको छ भने स्टक ब्रोकर नम्बर १०० रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना संबाददाता