काठमाडौं। फेसबुकले हटाएको काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको पोष्ट फिर्ता गरेको छ ।
फेसबुकले आज बालेनको पोष्ट फिर्ता गरेको हो । केही दिनअघि मेयर बालेनले बालश्रम शोषणको आरोप लागेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्मालाई पक्राउ गर्न माग गर्दै तस्वीरसहित फेसबुकमा पोष्ट गर्नु भएको थियो ।
उक्त पोष्टविरूद्व राजनीतिक दलका कार्यकर्ताहरू आक्रोशित भएका थिए । उक्त पोष्टमा धेरै रिपोर्ट भएपछि फेसबुकले उहाँको पोष्ट नै हटाइदिएको थियो । पोष्ट हटेपछि बालेनले फेरि सरकारसँग आक्रोश पोष्नु भएको थियो ।
पोष्ट हटेपछि बालेनको सचिवालयले फेसबुकलाई पोष्ट फिर्ता गर्न बारम्बार अपिल गरिरहेको थियो । अन्तत फेसबुकले उहाँले पोष्ट फिर्ता गरिदिएको हो ।
प्रतिक्रिया