+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल एसबिआई बैंकको भैरहवा शाखा स्थानान्तरण

सजिलोपाना संबाददाता
२०८१ भाद्र २५, मंगलवार

काठमाडौं। नेपाल एसबिआई बैंकले भैरहवा शाखा स्थानान्तरण गरेको छ । कम्पनीले आफ्नो सिद्धार्थनगर नगरपालिका–५, बैंक रोड, भैरहवा, रुपन्देहीमा अवस्थित शाखा कार्यालयलाई सोही नगरपालिकाको वडा नं–८ स्थित नारायणपथमा स्थानान्तरण गरेको हो ।

उक्त शाखाको नयाँ भवन परिसर उद्घाटन कम्पनीका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले गरेका थिए ।

उक्त कार्यक्रममा कम्पनीका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेश कुमार पण्डा, प्रमूख संचालन अधिकृत यादवेद्र कांत, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रवर्धन अधिकृत रितेश अर्याल र अन्य वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति थियो ।

यसबाट ग्राहकलाई थप सुविधा सहितको बैकिङ सेवा उपलब्ध हुने अपेक्षा राखेको कम्पनीले बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना संबाददाता