काठमाडौं।नेपाली अटो क्षेत्रमा लामो समयदेखि सेवा पुर्याउँदै आएको लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजनले न्यू इनर्जी भेहिकलहरुको लागि लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ
लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर काठमाडौंको तीनकुनेमा रहेको छ। हाल बढ्दै गइरहेको विद्युतीय गाडी र वैकल्पिक ऊर्जाबाट चल्ने गाडीको लागि भनेर छुट्टै सर्भिस सेन्टर सुरु गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अुनसार सेन्टरमा अत्याधुनिक प्रविधिका हाइ भोल्टेज ब्याट्री चेकजाँच गर्ने उपकरण जस्तै: हाइ भोल्टेज ब्याट्री बेलेन्सर, लिफ्टिङ ट्रली, हाइ भोल्टेज इन्सुलेटेड टुल्स, एयर टाइट्नेस टेस्टरजस्ता धेरै अत्याधुनिक र विश्वस्तरीय उपकरणका माध्यमबाट परीक्षण र मर्मत हुनेछ। सेन्टरमा सबै प्राविधिकहरु ईभी सर्टिफाइड दक्षता हासिल गरेका कम्पनीको भनाइ छ।
सर्भिस सेन्टरमा ईभी चार्जिङ पोइन्ट, यथेष्ठ पार्किङ सुविधा र ६ वटा गाडी एकैसाथ सर्भिस गर्न सकिने अत्याधुनिक सर्भिस वेहरु जडान गरिएको समेत कम्पनीले जनाएको छ।
ग्राहक वर्गको विविध आवश्यकता र आकांक्षाहरू पूरा गर्ने लक्ष्य राख्दै लक्ष्मी न्यू इनर्जी सर्भिसले आफ्ना ग्राहकको सहजता र सहुलियतताको लागि सो स्टेसन सञ्चालनमा ल्याइएको कम्पनीको भनाइ छ।
प्रतिक्रिया