+
Search

ताजा अपडेट +

पपुलर +

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई बुद्ध एयरको टिकटमा छुट

सजिलोपाना
२०८१ भाद्र २७, बिहीबार

काठमाडौं । मुक्तिनाथ विकास बैंकका कर्मचारी र ग्राहकलाई बुद्ध एयरले टिकटमा छुट दिने भएको छ। दुई पक्षबीच भएको सम्झौता अनुसार बैंकका कर्मचारी र ग्राहकहरुले बुद्धको हवाई टिकट खरिद गर्दा ८ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

सम्झौतामा बैंकको तर्फबाट बैंकका मार्केटिङ विभाग प्रमुख विनय रत्न शाक्य र बुद्ध एयरको तर्फबाट मार्केटिङ सेल्सका निर्देशक रुपेश जोशीले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए ।

उक्त सम्झौता बमोजिम अगामी दिनमा मुक्तिनाथ विकास बैंकको मोबाइल बैंकिङ तथा भिजा कार्ड प्रयोग गर्ने सबै ग्राहकहरुले बुद्ध एयरको टिकट काउन्टरबाट हवाई टिकट खरिद गर्दा ८ प्रतिशतसम्म छुट पाउने छन् ।

बुद्ध एयरका मार्केटिङ सेल्सका निर्देशक रुपेश जोशीले अब केही दिनभित्रमा बुद्ध एयरको मोबाइल एपबाट समेत यस्तो सुविधा लिन सक्ने व्यवस्था मिलाउने जानकारी दिए ।

साथै, बैंकले नेपालमै टिक्न, सजिलो छ भन्ने नाराको साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजनाहरु ल्याएको छ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ कर्जा सेवाको लागि बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना

सबै खबर एउटै पानामा