काठमाडौँ । नेपाल धितोपत्र बोर्डले निबन्ध प्रतियोगिता आयोजना गर्ने भएको छ ।
बोर्डको नीति, अनुसन्धान तथा प्रशिक्षण विभागले एक सूचना जारी गर्दै विश्व लगानीकर्ता सप्ताह २०२४ को अवसरमा निबन्ध प्रतियोगिता आयोजना गर्न लागेको जनाएको हो ।उक्त प्रतियोगिताका लागि विभिन्न विश्वविद्यालय तथा सो अन्तर्गतका क्याम्पस र कलेजमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत इच्छुक विद्यार्थीहरुले ‘फन्डामेन्टल इन्भेष्टिङ इन क्यापिटल मार्केट’ र ‘प्रिभेन्सन अफ फ्रड स्क्याम इन क्यापिटल मार्केट स् रोलअफ इन्भेष्टर्स,मार्केट इन्टरमेरियडिज एन्ड रेगुलेटर’ शिर्षकमा निवन्ध लेख्नुपर्नेछ ।
सो निबन्ध कम्तिमा १ हजार ५ सय र अधिकतम ३ हजार शब्दमा नबढाइकन लेख्नुपर्नेछ । उक्त निबन्ध नेपाली वा अंग्रेजी दुबै माध्यममा लेखेको हुनुपर्ने समेत जनाइएको छ । उक्त निबन्ध पठाउँदा अध्ययनरत क्याम्पस र कलेजको सिफारिस अनिवार्य रुपमा संलग्न गर्नु पर्ने बोर्डको भनाई छ ।
उक्त निबन्ध उत्कृष्ट ठहरिएमा प्रथम पुरस्कार वापत २५ हजार, द्वितीय पुरस्कार १५ हजार र तृतीय पुरस्कारवापत १० हजार रुपैयाँ दिइने बोर्डले जनाएको छ । उक्त निबन्ध वर्ड फाइल अनिवार्य रुपकमा इमेल ठेगाना training@sebon.gov.np मा पठाउनु पर्ने बताइएको छ ।
प्रतिक्रिया