+
Search

ताजा अपडेट +

पपुलर +

केही स्थानमा चट्याङसहित भारी वर्षा हुनसक्छ, छाता लिएर हिँड्नुहोस्

सजिलोपाना संवाददाता
२०८१ आश्विन ५, शनिबार
काठमाडौँ । शनिबार पश्चिमी भूभागका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान छ। aजल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन जारी गरी दिउँसो बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी  भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिएको छ।

मनसुनी वायु र मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहँदा शनिबार केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान महाशाखाले गरेको हो।

बिहान कोशी र बागमती प्रदेशको थोरै स्थानहरू तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

दिउँसो भारी वर्षाबाहेक  कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै शनिबार राति देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

महाशाखाले बागमती,  गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा राति पनि मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने प्रक्षेपण गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना संवाददाता