काठमाडौं । दशैं र तिहारको अवसरमा नेपाल पे क्यूआरले ‘शुभलाभ’ अफर सार्वजनिक गरेको छ ।
अफर अन्तर्गत नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्ने ग्राहकले स्योरसट क्यासब्याक पाउेछन् । साथै जति धेरै क्यूआर कारोबार गरे त्यति धेरै लक्की ड्रमा विभिन्न आकर्षक उपहार जित्ने मौका पाउन सक्नेछन् ।
अफर अवधिभरि न्यूनतम २ सय रुपैयाँ वा सोभन्दा बढीको न्यूनतम १० वटा वा सोभन्दा बढी कारोबार गर्ने ग्राहकले २ सय रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् । साथै लक्की ड्रका लागि पनि योग्य हुनेछन्। लक्की ड्रमा विभिन्न प्रकारका इलेक्ट्रोनिक उपहारहरू जस्तै :– टीभी, वासिङ मेसिन, फ्रिज, माइक्रो वेब ओभन, हिटर, एयर फ्रायर र स्मार्टफोन रहेका छन् ।
ग्राहकले मोबाइल बैंकिङ, वालेट तथा कनेक्ट आईपीएस एपबाट सजिलै नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।
यो अफर सम्पूर्ण स्ट्याटिक तथा डाइनामिक क्यूआरमा लागु हुने छ भने गेटवे भुक्तानीमा भने लागु हुनेछैन । यो अफर ५ असोजदेखि ३० कात्तिकसम्म लागु हुनेछ ।
प्रतिक्रिया