+
Search

ताजा अपडेट +

पपुलर +

संसदीय समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्रीको निर्देशन

सजिलोपाना संवाददाता
२०८१ आश्विन ६, आईतवार

काठमाडौं । नेपालमा छानबिन समिति बन्ने र तिनका प्रतिवेदन दराजमा थन्काउने गरिएको कुनै नयाँ घटना होइन । जन आक्रोशलाई तत्काल मत्थर पार्न मात्र समिति तथा आयोगहरु बन्ने प्रवृत्ती देखे भोगेकाहरुलाई दोषीहरुलाई कारबाही होला भन्ने आशा कमै रहेको देखिन्छ ।

तर गृहमन्त्री रमेश लेखकले भने सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन्। यसले नागरिकमा प्रतिवेदन कार्यान्वयन हुने र दोषीहरु कानुनको दायरामा आउने झिनो आशा पलाएको छ ।

मन्त्री लेखकले आइतबार प्रहरी प्रधान कार्यालयमा समितिको प्रतिवेदन पठाउँदै तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना संवाददाता