काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू पार्टी केन्द्रीय कार्यालयमा भेला भएका छन्। सभापति रवि लामिछानेका साझेदार पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेपछि रास्वपा नेताहरू पार्टी कार्यालयमा भेला भएका हुन्।
यद्यपि सभापति लामिछाने भने पार्टी कार्यालयमै छन्।
रास्वपाका एक नेताका अनुसार, छविको पक्राउपछि हुनसक्ने सम्भावित परिदृश्यका बारेमा आन्तरिक रणनीति बनाउन उनीहरू जम्मा भएका हुन्।
प्रतिक्रिया