+
Search

ताजा अपडेट +

पपुलर +

“पार्टीका सभापति, पूर्व गृहमन्त्री भाग्ने कुनै सम्भावना छैन ।

पूर्व गृहमन्त्री लामिछाने भाग्ने सम्भावनै छैन !

सजिलोपाना संवाददाता
२०८१ आश्विन ६, आईतवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका नेता तथा कार्यकर्ताहरु अनौपचारिक छलफलमा जुटेका छन् ।

रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीले वनस्थलीस्थित केन्द्रीय कार्यालयमा अनौपचारिक छलफल भइरहेको जानकारी दिए।

प्रहरीले आइतबार गोर्खा मिडियाका सञ्चालक तथा पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) छविलाल जोशीलाई पक्राउ गरेसँगै रास्वपाका नेताहरु छलफलमा जुटेको बताइएको छ । तर, उनले अहिलेसम्म कतैबाट औपचारिक जानकारी नआएको बताए।

कार्कीले भने, “अनौपचारिक छलफलमा छौं । यी विषयमा सामान्य छलफल भएको छ तर हामीलाई आधिकारिक इन्फरमेसन कतैबाट पनि आएको छैन ।”

उनले सभापति लामिछानेका सन्दर्भको जिज्ञासामा आधिकारिक जानकारीको पर्खाइमा रहेको बताए ।

उनले भने , “पार्टीका सभापति, पूर्व गृहमन्त्री भाग्ने कुनै सम्भावना छैन । यस्तो अवस्थामा एउटा जनप्रतिनिधिलाई समातिहाल्छ भन्ने केही छैन । केही जानकारी दिन्छ होला भन्ने छ । त्यो जानकारी अहिलेसम्म आइसकेको छैन ।”

पार्टी कार्यालयमा अहिले सादा पोशाक र वर्दीका प्रहरीको बाक्लो उपस्थिति रहेको छ । पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति पनि बढेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना संवाददाता