काठमाडौँ । यातायात क्षेत्रका पुरानो र सफल युवा व्यवसायी ईश्वर थापा (खोम) द्धारा स्वस्थानी यातायात (Air Bus) काठमाडौं पोखरा रुट मा सुविधा सम्पन्न अन्तराष्ट्रिय मापदण्डको बस सेवा सञ्चालनमा ल्याएका छन् ।
आउँदै गरेको चाडपर्व लक्षित गरि सो ट्राभल्सले सुविधा सम्पन्न सोफा सीट जडान गरिएको दुइवटा बस बाट सेवा सुरु गरेको छ ।
छोटो समयमा नै थप बस समेत सञ्चालनमा आउने कम्पनीले जनाएको छ । यात्रु हरुको सुविधालाई ध्यान मा राखेर आधुनिक सोफा सेट, एसी, हीटर, मोबाइल चार्जर पोइन्ट र वाइफाइ को समेत सुविधा रहेको सञ्चालक ईश्वर थापाले बताए ।
सञ्चालक थापा निकै लामो समयदेखि पृथ्वी राजमार्ग अन्तर्गत सञ्चालन हुने यातायात को क्षेत्रमा एक सफल तथा चर्चित व्यवसायी पनि हुन् ।
हाल लाई यो यातायातले पोखरा र काठमाडौंबाट दिउँसोको समयमा सेवा सुचारु गरेको छ । उक्त बस को टिकट अनलाइन मार्फत पनि खरिद गर्न सकिने सञ्चालक हरुले बताएका छन् ।
उक्त बस सेवाको आज राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष श्री विजय बहादुर स्वार द्धारा उद्दघाटन भई सञ्चालनमा आएको छ ।
प्रतिक्रिया