+
Search

ताजा अपडेट +

पपुलर +

सानिमा लिमिटेडले आईपीओ निष्कासन गर्ने

सजिलोपाना संबाददाता
२०८१ आश्विन २१, सोमबार

काठमाडौं । सानिमा लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

आईपीओ निष्कासन गर्ने तयारीमा रहेको कम्पनीले कात्तिक १४ गते वार्षिक साधारणसभा बोलाएको छ । सभामा आईपीओ निष्कासन गर्ने प्रस्ताव गर्ने जनाएको छ ।

यस्तै सेयरधनीलाई ७५.७४ प्रतिशत नगद लाभांश (कर सहित) दिने प्रस्ताव गरेको छ । कम्पनीले सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानका विषयमा छलफल गर्ने प्रस्ताव गरेको छ ।

यस्तै आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण प्रस्ताव रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना संबाददाता