+
Search

ताजा अपडेट +

पपुलर +

नेप्से परिसूचकमा २७.३९ अंकको गिरावट

सजिलोपाना संबाददाता
२०८१ आश्विन २२, मंगलवार

काठमाडौं ।  साताको सेयर कारोबार मापक नेप्से परिसूचक २७.३९ अंकले घटेको छ । लगातार दुई कारोबार दिन बढेको नेप्से आज घटेको हो । नेप्से आइतबार ५६.०९ र सोमबार ३७.१३ अंकले बढेको थियो ।

एक दशमलव शून्य १ प्रतिशतले घटेको नेप्से २६६३.३२ विन्दुमा पुगेको छ । कुल ३५ कम्पनीको मूल्य बढ्यो भने २०७ कम्पनीको मूल्य घट्यो । २ कम्पनीको मूल्य स्थिर रह्यो ।

कुल १ करोड ३ लाख ३० हजार ५०२ कित्ता सेयर किनबेच भए । आज ४५ हजार ८७० पटकको सेयर किनबेचबाट ४ अर्ब ५९ करोड ३७ लाख रूपैयाँ कारोबार भएको छ ।

कुल १३ उपसमूहमध्ये एउटा उपसमूह स्थिर रह्यो भने अन्य सबै उपसमूह घट्यो । घट्ने उपसमूहहरुमा निर्जिवन बिमा, जिवन बिमा, होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन अघि रह्यो ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना संबाददाता