काठमाडौँ। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौंको मैतीदेवीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
स्थानान्तररित शाखाको सोमबार कम्पनीका ब्रान्ड एम्बेस्डरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले शुभारम्भ गरेका हुन् । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत भूषण रिमाल, मध्य र मध्यपश्चिम क्षेत्रका प्रमुख व्यवसाय अधिकृत सुनिल पोखरेलको सहभागिता रहेको थियो ।
यस्तै, कम्पनीका केही विभाग प्रमुखहरू, कम्पनीका टप सिनियर एजेन्सी म्यानेजरहरू, केही सिटिजन लिडरहरू र स्थानीयको समेत उपस्थिति रहेको कम्पनीले जनाएको छ ।
नयाँ स्थानमा शाखा कार्यालय स्थानान्तरणसँगै कम्पनीका सेवाग्राहीहरू र अभिकर्ताहरूले थप सहज र गुणस्तरीय सेवा प्राप्त गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत पौडेलले बताए ।
समापनको अवसरमा कम्पनीका ब्रान्ड एम्बेस्डरद्वय श्रेष्ठ र आचार्यले कम्पनीले हासिल गरेको सफलतामा आफूहरू सामेल हुन पाउँदा खुशी व्यक्त गरे ।
कम्पनीले हाल प्रधान कार्यालयसहित १३६ शाखा तथा उपशाखा कार्यालयमार्फत आधुनिक प्रविधिको प्रयोग गरी गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया