बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिङपिङले डोनाल्ड ट्रम्पलाई बधाइ दिएका छन्।
अमेरिकाको राष्ट्रपति निर्वाचित भएपछि सीले ट्रम्पलाई बेइजिङ र वासिङ्टनबिच सहकार्य गर्ने उपाय खोज्नुपर्ने बताएका छन् ।
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा पूर्वराष्ट्रपति ट्रम्प दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि ट्रम्पलाई पठाएको पहिलो सन्देशमा सीले भनेका छन्, “चीन र संयुक्त राज्य अमेरिकाले सहयोगबाट फाइदा उठाउँछन् र मुठभेडबाट पीडित हुन्छन् भन्ने कुरा इतिहासले देखाएको छ । स्थिर, स्वस्थ र दिगो चीन–अमेरिका सम्बन्ध दुवै देशको साझा हितमा छ र यो अन्तर्राष्ट्रिय समुदायको अपेक्षा अनुरूप छ।”
उनले वासिङ्टन र बेइजिङलाई ‘संवाद र सञ्चारलाई मजबुत बनाउन’ र ‘मतभेदको उचित व्यवस्थापन’ गर्न आग्रह गरेका छन् । उनले भनेका छन्, “नयाँ युगमा दुवै देश र विश्वलाई फाइदा पुर्याउन विश्वका प्रमुख अर्थतन्त्र चीन र अमेरिकाले ‘सही बाटो’ खोज्नुपर्छ।”
प्रतिक्रिया