+
Search

ताजा अपडेट +

पपुलर +

नेपाली महिला क्रिकेट टोली विश्वकपमा छनोट

सजिलोपाना संबाददाता
२०८१ कार्तिक २८, बुधबार

काठमाडौं । नेपाली महिला क्रिकेट टोली पहिलो पटक यू-१९ विश्वकपमा छनोट भएको छ ।

एसियाली छनोटको अन्तिम खेलमा बुधबार यूएईलाई हराएर नेपालले पहिलो पटक विश्वकपमा स्थान बनाएको हो ।

एसिया छनोटमा ६ खेलमा ५ जित निकाल्दै नेपाल विश्वकपमा छनोट भएको हो । नेपालले यूएईलाई नेटरनरेटमा पछाडि पार्दै विश्वकपमा स्थान बनाएको हो ।

पहिला ब्याटिङ गरेको यूएईलाई ८३ रनमा सीमित गर्दै नेपालले जितको आधार बलियो बनाएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना संबाददाता