काठमाडौं। अभिनेता दीपकराज गिरीले आफूलाई महानायक भनेर सम्बोधन गर्नेलाई फेसबुकमा ब्लक गर्ने चेतावनी दिएका छन्।
उनले फेसबुकको स्टाटसमा कमेन्ट गर्दै लेखेका छन् आजबाट जसजसले मलाई महानायक सम्बोधन गर्नुहुन्छ, उहाँलाई मेरो फेसबुकमा ब्लक गर्दैछु। यो पद न मैले कहिले दाबी गरेको थिएँ, न गर्नेछु। तर मैले बारम्बार भन्दा पनि भेडापन्थी देखाउने मानिस कमसेकम मेरो फेसबुकमा जोडिन सक्दैन।
खासगरी सामाजिक सञ्जाल प्रयोगकर्ता दीपकराजलाई महानायक भनेर टिप्पणी गर्ने तथा ट्रोल बनाउने गरिरहेका हुन्छन्।
पछिल्लो समय दीपकराजले सामाजिक सञ्जालमा केही धारणा वा तस्बिर राख्दा महानायक भनेर टिप्पणी आउने गरेको छ।
यस विषयमा बारम्बार भन्दा पनि महानायक सम्बोधन आउने क्रम नरोकिएपछि अब त्यसरी सम्बोधन गर्नेलाई ब्लक गर्ने उनले लेखेका छन् ।
प्रतिक्रिया