+
Search

ताजा अपडेट +

पपुलर +

एनपीएलमा ओमोडा एन्ड जेइकोले ल्यायो विशेष अफर

सजिलोपाना
२०८१ मंसिर २०, बिहीबार

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिगमा ओमोडा एन्ड जेइकोले नेपाली क्रिकेट, खेलाडी र दर्शकको समर्थन गर्दै सक्रिय उपस्थिति जनाइरहेको छ ।

ओमोडा एन्ड जेइको नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को आधिकारिक ‘ड्रिभन बाई’ सह–प्रायोजक रहेको छ । नेपाल प्रिमियर लिगको पहिलो संस्करणको उपलक्ष्यमा यसले ‘एनपीएल सिजन, डिल्स इन मोसन’ योजनाको घोषणा गरेको छ ।

सो योजना अन्तर्गत ओमोडा ई–फाइभ वा जेइको जे–सिक्स बुकिङ गर्ने ग्राहकहरूले नगद छुट, एक्सचेन्ज बोनस, ७ किलोवाटको चार्जर, अटो प्लस कम्प्रिहेन्सिभ बीमा र आर्थिक वर्ष २०८१/८२ का लागि निःशुल्क सडक कर आदि सुविधाहरू प्राप्त गर्नेछन् ।

ओमोडा ई–फाइभ ४३० किलोमिटरको डब्लुएलटीपी रेन्ज भएको पूर्ण विद्युतीय एसयूभी हो भने जेइको जे–सिक्स ४०० किलोमिटरको डब्लुएलटीपी रेन्ज भएको पूर्ण विद्युतीय ‘फोर बाई फोर’ अफ–रोडर एसयूभी हो ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना

सबै खबर एउटै पानामा