+
Search

ताजा अपडेट +

पपुलर +

एनएमबि बैंकलाई युएन वुमन २०२४ डब्लुईपीएस अवार्ड

सजिलोपाना
२०८१ मंसिर २०, बिहीबार

काठमाडौं । एनएमबि बैंकको लैङ्गिक समावेशी कार्यस्थल कायम गर्ने पहललाई युएन वुमन एशिया प्यासिफिकले २०२४ डब्लुईपीएस अवार्ड प्रदान गरेको छ ।

यो लैङ्गिक समानता र सामाजिक समावेशीकरण प्रवर्द्धन गर्ने बैंकको पहलको सम्मान स्वरूप पाएको अवार्ड हो ।

यूएन वुमन र यूएन ग्लोबल कम्प्याक्टबाट कार्यस्थल, बजार र समुदायहरूमा महिला सशक्तीकरण गर्दै लैङ्गिक समानता प्रवर्द्धनका लागि विश्वव्यापी मापदण्डहरू निर्धारण गरिएको छ ।

बैंकले ती विश्वव्यापी मापदण्डहरू कार्यान्वयन गर्नका लागि बैंकले प्रयास गरेको बताइएको छ । ती प्रयासहरुमा सी लिड्स टुमरो स्कलरसीप, एनएमबि नेक्स जेन बैंकिङ लिडरसीप, महिलाको नेतृत्वमा सबै महिला कर्मचारीद्वारा सञ्चालित शाखाहरू, महिला नेतृत्व विकासका कार्यक्रमहरू र सामाजिक समावेशीकरणमा केन्द्रित सीएसआर गतिविधिहरू छन् ।

यस अवार्डले बैंकलाई विश्व बजारमा डब्लुईपीएस अन्तर्गत युएन वुमनद्वारा मान्यताप्राप्त पहिलो नेपाली संस्थाको रूपमा उभ्याएको बैंकले जनाएको छ । एसिया–प्यासिफिक देशका ६०० भन्दा बढी आवेदक संस्थाहरूमध्ये यो अवार्ड बैंकलाई प्रदान गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना

सबै खबर एउटै पानामा