धरान । धरानमा पहिलो पटक ऐतिहासिक बृहत संयुक्त धिमे बाजा तथा नृत्य प्रस्तुति सहित विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
पासा खल धरानको आयोजनामा मंसिर २९ देखि पुष १ गतेसम्म तीन दिन सञ्चालन भएको उक्त प्रदर्शनमा एकै साथ २०० भन्दा बढी कलाकारहरुले संयुक्त धिमे बाजा तथा नृत्य प्रस्तुत गरेका थिए ।
'५औं संस्करण घरघरमा य:मरी २०८१' नामको उक्त कार्यक्रम यमरी पुर्णिमाको अवसरमा आयोजना गरिएको हो ।
कार्यक्रममा धरान उपमहानगरपालिका वडा नं. ३ को सहकार्य रहेको थियो भने कार्यक्रमलाई सुदन मुनिकारले निर्देशन गरेका थिए ।
प्रतिक्रिया