+
Search

ताजा अपडेट +

पपुलर +

निर्मलराज पौडेलको “चिरबिर चरी मायालु परी” गीत सार्वजनिक

सजिलोपाना
२०८१ पुष ७, आईतवार

काठमाडौं । गीतकार निर्मलराज पौडेलको “ चिरबिर चरी मायालु परी ”नामक गीत सार्वजनिक भएको छ ।

गीतमा पौडेलसंगै गायीका अस्मिता अधिकारीले स्वर दिएकी थिईन्  । मोहित मुनालको संगीत रहेको उक्त गीतमा दिपिका थापाको नृत्य रहेको छ । वेलकम एभी प्रोडक्सनले तयार पारेको म्यूजिक भिडियोलाई मनिष पौडेलले निर्देशन गरे ।

अग्रेजी नयाँबर्षको सन्दर्भ पारेर प्रेमील गित तयार पारिएको गीतकार पौडेलले बताए । उनले भने  “नयाँ पुस्ताको रुचि र भावनालाई समेटने प्रयास गरिएको उक्त भिडियो निर्माणमा कुनै पनि संम्झौता गरेका छैनौ ।”

यसअघि गीतकार तथा गायक पौडेलको “छम्म नाचौँ - छप्प नाचौँ”, “यसपाली को तीज रमाइलो” र “बडा दशैं बडा दशैं, हर्षको आगमन” गीतहरु पनि सार्बजनिक भएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना

सबै खबर एउटै पानामा