+
Search

ताजा अपडेट +

पपुलर +

रवि लामिछानेको सांसद पद निलम्बन, डीपी अर्याल बने रास्वपाको कार्यबाहक सभापति

सजिलोपाना
२०८१ पुष ९, मंगलवार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद निलम्बन भएको छ । पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेलाई सभामुख देवराज घिमिरेले निलम्बन गरेका हुन् ।

लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराधसहित सम्पत्ति शुद्धीकरणमा पनि कास्की जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको जानकारीपत्र पाएपछि निर्णय दिँदै सभामुख घिमिरेले निलम्बनको पत्र टाँस गरेका हुन् ।

प्रतिनिधिसभा नियमावली अनुसार संसद् अधिवेशन नरहेको अवस्थामा निलम्बनको पत्र टाँस गर्नुपर्ने व्यवस्था रहेको छ ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको कार्यवहाक सभापति डीपी अर्याल बनेका छन् । सोमबार जुममार्फत बसेको सचिवालय बैठकले उनलाई कार्यवाहक सभापति बनाइएको रास्वपाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना

सबै खबर एउटै पानामा