काठमाडौं । यस वर्षको क्रिसमसको अवसरमा नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिंगले पुस १० देखि १२ सम्म ‘एक्समस एक्सचेन्ज’ कार्यक्रम आयोजना गर्ने भएको छ ।
टाटा ब्राण्डका गाडीहरु लिन खोज्ने ग्राहकहरुलाई उत्कृष्ट भन्दा उत्कृष्टरुपमा आफ्नो प्रतिवद्धता स्वरूप सिप्रदीले ‘एक्समस एक्सचेन्ज’ कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ ।
यस कार्यक्रममा टाटा ब्राण्डका पेसेन्जर श्रेणी अन्तर्गत नेपालमा सर्वाधिक रुचाइएका अत्याधुनिक प्रविधियुक्त टियागो र पन्च ईभी जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग साट्न सकिने छ ।
टाटा मोटर्सको देशभर रहेका शोरुमहरुमा आयोजना हुन लागेको उक्त कार्यक्रममा गाडी खरिद गर्ने ग्राहकहरुले “आकर्षक एक्सचेन्ज बोनस, सिप्रदीको चार्जिङ्ग नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ्ग, निःशुल्क इम्बोस्ड नम्बर प्लेट, १ वर्षको सवारी कर, एक्सेसरिज र बम्पर लक्की ड्र मार्फत आइफोन १६ प्रो समेत प्राप्त गर्ने सकिने” सिप्रदीले जनाएको छ ।
उक्त अवसरमा ग्राहकले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन्। साथै, नयाँ गाडी खरिद गरेर भरपुर फाईदा उठाउनुहुन कम्पनीले अनुरोध गरेको छ ।
प्रतिक्रिया