+
Search

ताजा अपडेट +

पपुलर +

सिद्धार्थ बैंकको २२ औँ वार्षिकोत्सव सम्पन्न

सजिलोपाना
२०८१ पुष ११, बिहीबार

काठमाडौं ।  सिद्धार्थ बैंकले आफ्नो स्थापना कालको २२ औँ वर्ष पुरा गरेको छ ।

बैंक संचालनको २२ वर्ष पूरा भएको अवसरमा बैंकले नक्साल स्थित आफ्नो प्रधान कार्यालय भवनमा प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत र बैंकमा कार्यरत कर्मचारीहरुको उपस्थितिमा एक कार्यक्रम गरी बैंकको वार्षिकोत्सव सम्पन्न गरेको छ ।

यसैगरी बैंकले आफ्नो वार्षिकोत्सवलाई भव्य र सभ्य बनाउने उद्देश्यले विभिन्न कार्यक्रमहरूको आयोजना गरेको छ । यस अवसरमा, फुटसल प्रतियोगिता, टेबल टेनिस, देशका विभिन्न स्थानहरुमा रक्तदान कार्यक्रमका साथसाथै बैंकमा कार्यरत रहि १५ वर्ष पूरा गरेका कर्मचारीहरुको योगदानलाई कदर गर्दै उनिहरुलाई अभिनन्दन गरेको छ ।

डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ ग्राहक महानुभावहरुलाई लक्षित गर्दै “सिद्धार्थ बैंक २२ औं वार्षिकोत्सव अफर” ल्याएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना

सबै खबर एउटै पानामा