+
Search

ताजा अपडेट +

पपुलर +

हिमाल र विभान्ता डेन्टल हस्पिटलमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट

सजिलोपाना
२०८१ पुष ११, बिहीबार

काठमाडौं । काठमाडौं महानगर-२८, कमलादीस्थित विभान्ता डेन्टल हस्पिटल प्रालि तथा काठमाडौं महानगर-४, धुम्बाराहीस्थित हिमाल डेन्टल हस्पिटल प्रालि र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई दन्त सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले २०% छुट पाउने भएका छन् । सो छुट सेवा सुविधा विभान्ता डेन्टल हस्पीटल प्रा.लि र हिमाल डेन्टल हस्पीटल प्रा.लिमा प्राप्त गर्न सकिनेछ ।

उक्त सम्झौतापत्रमा विभान्ता डेण्टल हस्पिटल र हिमाल डेन्टल हस्पिटलका तर्फबाट अध्यक्ष तथा प्रबन्ध निर्देशक राजेन्द्र प्रसाद भट्ट र महाप्रबन्धक किशोर भट्ट तथा प्रभु बैंकका तर्फबाट चिफ मार्केटीङ अफिसर निरज लम्साल र मार्केटीङ म्यानेजर सबिन राणा को संयुक्त हस्ताक्षर बीच सम्पन्न भयो ।

त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३११ शाखा कार्यालयहरु, २८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना

सबै खबर एउटै पानामा