+
Search

ताजा अपडेट +

पपुलर +

सिटिजन लाइफद्वारा रोशीका ४४७ विधार्थीहरुलाई न्यानो कपडा वितरण

सजिलोपाना
२०८१ पुष १२, शुक्रबार

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले रोशी गाउँपालिकामा स्थित श्री शान्ति बुद्ध प्राथमिक विद्यालयका ४७ जना विधार्थी तथा श्री मंगल जन विजय माध्यामिक विद्यालयका ४०० जना विद्यार्थीहरुका लागि विद्यालयको जाडो महिनाको पोषाक ट्रयाक सुट वितरण गरेको छ।

कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत श्री दिप बहादुर बि. सी. , प्रमुख बजार व्यवस्थापन अधिकृत श्री भुषण रिमाल , प्रमुख व्यवसाय अधिकृत श्री सुनिल पोखरेलको, स्थानीय तहका पधादिकारीहरु, विद्यालयका शिक्षक, विद्यार्थी साथै अभिभावकहरुको उपस्थिती थियो।

कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत  श्री दिप बहादुर बि.सी. ले यस कार्यले विद्यार्थीको पढाइमा सहज हुने विश्वास व्यक्त गर्नुका साथै, असहज परिस्थितिमा विद्यार्थीलाई सहयोग गर्न पाउदा, स-साना विद्यार्थीको मुहारमा खुसी देख्दा आफुलाई पनि खुसी लागेको र बीमा सबैको लागि अवश्यक छ भन्ने कुरामा जोड दिएर, विद्यार्थी भोलिको देशको कर्णधार भएको भन्दै विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामना गरे ।

कार्यक्रममा उपस्थित समाजसेवी शंख बुद्ध लामाले आफु संस्थापक भएको विद्यालयमा सहयोग गरेकोमा सिटिजन लाइफलाई धन्यवाद ज्ञापन गर्दै बीमा बुढेसकालमा सहारा हुने भएकोले बीमा गर्नुपर्ने कुरामा जोड दिए अत बीमाले मानिसलाई हुने आर्थिक नोक्सानीलाई न्युनिकरण गर्न सकिने बताए ।

 

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना

सबै खबर एउटै पानामा