+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्री ओलीलाई १८० किलोको मालासहित अभिनन्दन

सजिलोपाना
२०८१ पुष १४, आईतवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक सय ८० किलोको मालासहित अभिनन्दन गरिएको छ।

नेकपा (एमाले) पर्सा कमिटीले आइतबार आयोजना गरेको कार्यक्रममा पर्साकै सखुवा प्रसौनी गाउँपालिकाले प्रधानमन्त्री ओलीलाई नागरिक अभिनन्दन गरेको हो।

२०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा उक्त गाउँपालिकाका एमालेबाट उम्मेदवार भई जसवन्त यादव अध्यक्ष पदमा निर्वाचित भएका थिए। यादवकै अगुवाइमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई नागरिक अभिनन्दन गरिएको एमाले पर्सा कमिटीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना

सबै खबर एउटै पानामा