काठमाडौं । नेपाल विज्ञापन संघको २५ औँ वार्षिक साधारण सभा सम्पन्न भएकाे छ।
हालै राजधानीमा विज्ञापन चक्रका सम्बद्ध सबै पक्षहरुलाई संलग्न गराई दुई वटा विशेष कार्यक्रम सहित आफ्नो २५ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको हाे।
पहिलो बन्द सत्रमा संघको वर्तमान कार्य समितिका तर्फबाट संघका महासचिव तथा कोषाध्यक्षबाट प्रस्तुत गरिएको छुट्टाछुट्टै वार्षिक, आर्थिक तथा आगामी आर्थिक वर्षको कार्यक्रम र अनुमानित आयव्यय विवरणहरु बहुमतले पारित गरिएको थियाे।
दोस्रो सत्रमा विज्ञापनदाता, मिडिया, नियामक निकाय तथा विज्ञापन एजेन्सीहरु लगायत विज्ञापन चक्रका सम्बद्ध सबै पक्षहरूलाई संलग्न गराई स्टेईंग रेलिभेन्टः रिसेपिंग नेपाल्स एडभर्टाईजिंग ल्याण्डस्केप शीर्षकमा वृहत अन्तरकृया कार्यक्रम आयोजना गरिएको थियो।
तेस्रो सत्रमा विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएकाे थियाे। सम्मानित हुने व्यक्तिहरूमा सञ्चारकर्मी यादव खरेल, भारती सिलवाल गिरी, ईमेज च्यानका अध्यक्ष आर के मानन्धर, कामना प्रकाशन समुहका संस्थापक अध्यक्ष स्व. पुष्करलाल श्रेष्ठ तथा कृष्ण पाउरोटीका घनश्याम राजकर्णिकार रहेका छन्।
नेपालको विज्ञापन उद्योग परिष्कृत भई आजको अवस्थामा आई पुग्न उनीहरूले गरेकाे योगदानको कदर गर्दै उनीहरूलाई सम्मान गरिएकाे हाे।
प्रतिक्रिया