काठमाडौं । CFMOTO नेपालले नयाँ वर्षको अवसर पारेर आफ्नो विशेष वित्तिय योजना 'न्यू इयर, न्यू राइडु सार्वजनिक गरेको छ ।
यस योजनाले ग्राहकहरुलाई 0 प्रतिशत व्याज दरमै २४ महिने सरल किस्तावन्दीमा आफ्नो 250 NK कम्प्युटर सेग्मेन्टमा न्याकेड सिरिजको वाइक किन्न उत्कृष्ट अवसर प्रदान गरेको छ । सिमित अवधिका लागी लागू गरिएको यस योजना २०८१ पौष १६ गते देखि २०८१ माघ १८ गते सम्म लागु हुनेछ । न्यूनतम ५० प्रतिशत डाउन पेमेन्ट गरेर सरल किस्तावन्दी योजनाका CFMOTO को 250 NK खरिद गर्न सकिने कम्पनीको भनाई छ ।
साथै, यस योजनाले सरल कागजी प्रकृया रुचि अनुसारको किस्तावन्दी योजना रोज्ने सुविधा समेत प्रदान गर्दछ । कम्पनीको भनाई अनुसार यस सेग्मेन्टका आफ्ना ग्राहक युवा अवस्थाका रहेका र यस योजना अन्तर्गत 0 प्रतिशत ब्याजदर बाट लाभ लिन सक्ने भएकोले यसले आफ्नो ब्राण्डलाई अझ पहुँच योग्य बनाउने कुरामा विश्वास लिएको जनाएको छ ।
बिक्रीको साथ साथै कम्पनीले बिक्री पछिको सेवालाई अझ चुस्त र दुरुस्त बनाउन, स्पेयर पार्टसको सहज उपलब्धि तथा सर्भिस क्वालिटीलाई समेत उच्च प्राथमिकता दिएको जानकारी दिएको छ । कम्पनीले हालसालै उपत्यका लगायत वाहिरी जिल्लाका ग्यारेजवालाहरुलाई समेत २ दिने आफ्ना २५० CC तथा ४५० CC का वाईकहरुको तालिम CFMOTO CHINA का Trainer हरु मार्फत सन्चालन गरेको थियो ।
यसका साथै 250 NK नगदमा खरीद गर्ने ग्राहकहरुलाई रु. २५०००/- छुट, एक्सचेन्जमा रु. ३०,०००/- थप मूल्यांकनको साथै फ्रि गिफ्ट, हेल्मेट, १ वर्षको लागी CFMOTO को पार्टस खरीदमा १० प्रतिशत छुट समेत दिएको छ ।
प्रतिक्रिया