काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले आज इटहरी शाखाबाट टाटा म्याजिक बीएस ६ सार्वजनिक गरेको छ। सहरी र विद्यालय यातायातलाई आधुनिक, किफायती र वातावरणमैत्री बनाउने उद्देश्यले लन्च गरिएको यो गाडीले यस क्षेत्रका यातायात व्यवसायीहरूको आवश्यकता पूरा गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
कार्यक्रममा कोसी विक्रम यातायात प्रालिका अध्यक्ष सञ्जय सिंह र इटहरी यातायात प्रालिका अध्यक्ष महेश घिमिरे प्रमुख अतिथिको रूपमा उपस्थिति थियो। साथै, सिप्रदीका पूर्वीय क्षेत्रीय प्रबन्धक सुवास कुमार दास कार्यक्रम सभापतिको भूमिकामा थिए।
सिप्रदी प्रालिका प्यासेन्जर भेहिकल्स प्रडक्ट म्यानेजर इन्द्रमणि पोख्रेलले कार्यक्रममा बोल्दै भने, “टाटा म्याजिक बीएस ६ले सहरी यातायातलाई मात्र नभई, यस क्षेत्रका व्यावसायिक गतिविधिलाई पनि आधुनिक र प्रभावकारी बनाउनेछ। यसको उच्च माइलेज, कम मर्मत खर्च, र यात्राको सुविधासहितको संरचनाले व्यावसायिक क्षेत्रमा नयाँ मानक स्थापित गर्नेछ। यसले यातायात व्यवसायीहरूलाई आर्थिक रूपमा सबल बनाउनुका साथै यात्रुहरूको अनुभवलाई नयाँ उचाइमा पुर्याउनेछ।”
टाटा म्याजिक बीएस६ गाडीमा आधुनिक बीएस६ प्रविधि, ३० एचपी पावर, र उच्च माइलेजसहितका सुविधाहरू छन्। यसको आरामदायी इन्टेरियर, कम मर्मत खर्च र अत्याधुनिक प्रविधिका कारण यसलाई सहरी र विद्यालय यातायातका लागि उत्कृष्ट विकल्पका रूपमा लिइएको छ।
प्रतिक्रिया