+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो डिएभी बि.सी.ए. अन्तर-कलेज फुटसल कपको तयारी सम्पन्न

सजिलोपाना
२०८१ पुष २४, बुधबार

काठमाडौं । निर्धारित मिति अनुसार पुष २९ गते सुरु हुने डिएभी बि.सी.ए. कलेजको तेस्रो संस्करणको बि.सी.ए. अन्तर-कलेज फुटसल कपको तयारी पुरा भएको कलेज प्रशासनले जानकारी गराएको छ ।

फुटसल कप डिएभी कलेज परिसरमा सञ्चालन गरिनेछ । खेलकुदका माध्यमबाट बि.सी.ए. कलेजहरू बिच एकता, सहकार्य र भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्य सहित हरेक वर्ष बि.सी.ए. अन्तर-कलेज फुटसल कप सञ्चालन गरिएको डिएभी बि.सी.ए कलेजका प्रोग्राम कोर्डिनेटर सुदीप अधिकारीले जानकारी दिए ।

खेल आयोजनाको सम्पूर्ण जिम्मेवारी डिएभी बि.सी.ए. कलेज संबद्ध वीज्जी डिएभीएन्स् क्लबले लिएको छ र खेल मैदान एन्फा आबद्ध रेफ्रीको नियन्त्रणमा रहने छ । तेस्रो संस्करणको फुटसल कपमा काठमाडौं उपत्यकाका बि.सी.ए. कलेजहरूका ३२ टीम सहभागी हुनेछन् ।

प्रथम विजेता टीमलाई एक लाख पचास हजार नगद पुरस्कार सहित ट्रफी, मेडल र सर्टिफीकेटद्वारा सम्मान गरिनेछ । त्यसै गरी दोस्रो विजेता टिमलाई ७५ हजार नगद पुरस्कार सहित ट्रफी मेडल र सर्टिफीकेटद्वारा सम्मान गरिनेछ । साथै व्यक्तिगत तर्फ, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई ट्रफीद्वारा सम्मान गरिनेछ ।

माघ २ गते तय भएका अन्तिम चरणका खेलहरू सँगै विशेष अर्वाड समारोह आयोजना गरिनेछ र तेस्रो बि.सी.ए कपको विधिवत रुपमा समापन हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना

सबै खबर एउटै पानामा