+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल एसबिआई बैंक द्धारा  भिमेश्वर नगरपालिका दोलखामा सामाजिक उत्तरदायित्व कार्यक्रम

सजिलोपाना
२०८१ पुष २५, बिहीबार

काठमाडौं । नेपाल एसबिआई बैंक लि. द्धारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत दोलखा जिल्लाको भिमेश्वर नगरपालिका वडा नं ९ स्थित श्री सुर्के माध्यमिक विद्यालय भण्डारेमा अध्ययनरत सम्पुर्ण विद्यार्थीहरुका लागि स्कुल ब्याग तथा शैक्षिक सामाग्री प्रदान गरेको छ ।

कार्यक्रममा बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, श्री दीपक कुमार देले श्री सुर्के माध्यमिक विद्यालय भण्डारे समितिका अध्यक्ष र प्रधानाध्यापकलार्ई औपचारिक रुपमा उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए ।

सो कार्यक्रममा बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (नियुक्त), श्री राम कुमार तिवारी, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत, श्री राजेश कुमार पंडा, प्रमूख संचालन अधिकृत, श्री विकास आनन्द, प्रमुख जोखिम तथा अनुपालन अधिकृत, श्री विष्णुदेव यादव, प्रमुख कर्जा अधिकृत, श्री अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, श्री रितेश अर्याल र बैंक तथा स्कुल समितिका अन्य उच्च पदाधिकारी र शिक्षकहरु समेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना

सबै खबर एउटै पानामा