+
Search

ताजा अपडेट +

पपुलर +

शनिबार पनि सेवा दिन तयार सानिमा बैंक

सजिलोपाना
२०८१ पुष २६, शुक्रबार

काठमाडौं ।  सानिमा बैंक लिमिटेड यो शनिबार (पुष २७ गते) पनि खुल्ने भएको छ ।

बैंकले  एक सूचना जारी गर्दै ग्राहकहरूको सेवालाई मध्यनजर गर्दै शनिबार बिहान १० बजेदेखि ३ः३० बजेसम्म सेवा दिने जनाएको हो ।

यस्तै, बैंकको नक्साल शाखा भने १० बजेदेखि २ बजेसम्म खुल्नेछ । बैंकले नगद तथा चेक कारोबार, रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस), क्लियरिङ्ग, आईपीएस लगायतका सेवाहरु उपलब्ध हुने जनाएको छ ।

यसैगरी, बैंकको आरटीजीएस, क्लियरिङ्ग र आइपिएस सेवा भने नेपाल राष्ट्र बैंक र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको समयतालिका अनुसार उपलब्ध हुने बैंकले जारी सूचनामा उल्लेख गरेकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना

सबै खबर एउटै पानामा