+
Search

ताजा अपडेट +

पपुलर +

नक्सालमा डोङफेङको अत्याधुनिक शोरुम शुभारम्भ

सजिलोपाना
२०८१ पुष २७, शनिबार

काठमाडौं । नेपालका लागि डोङफेङ मोटर्सको आधिकारिक वितरक एमएडब्लु वृद्धि मोटर्सले काठमाडौंको नागपोखरीमा अत्याधुनिक शोरुम उद्घाटन गरेको छ ।

डोङफेङ मोटर्सका कन्ट्री म्यानेजर फान झियुआन, एमएडब्लु वृद्धि समूहका अध्यक्ष विष्णु कुमार अग्रवाल, एमएडब्लु वृद्धिका एमडी विवेक सिकारिया र एमएडब्लु वृद्धि मोटर्सका बिजनेस हेड प्रशन्न पन्त लगायतको उपस्थितिमा उद्घाटन समारोह सम्पन्न भएका हो ।

गत वर्षको अगस्टमा वाइल्ड रिपर्ज, सबिन राई र फारोको प्रस्तुति र फेसन शो सहितको सफल सुरुवात पछि नामीले नेपालमा छोटो समयमै लोकप्रियता हासिल गरेको कम्पनीको दाबी छ ।

सुरुवातको एक महिना भित्रै नामीले ३५० भन्दा बढी ग्राहकहरू प्राप्त गरिसकेको जनाएको छ।

नयाँ शोरूमको उदघाटनको अवसरमा आफ्ना सवारी साधनहरू बुक गरिसकेका ग्राहकहरूसँग उत्सव समेत मनाइएको छ । सो अवसरमा ग्राहकलाई साँचो हस्तान्तरण र केक काट्ने समारोहको आयोजना समेत आयोजना गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना

सबै खबर एउटै पानामा