काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको १७ औं वार्षिक साधारण सभा सोमवार सम्पन्न भएको छ ।
साधारण सभाले आर्थिक बर्ष २०८०/८१ को बार्षिक प्रतिबेदन पारित गरी आर्थिक बर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु परित गरेको छ।
साथै शेयरधनी महानुभावहरुलाई ४.०० प्रतिशत नगद लाभांश र ३.०० प्रतिशत बोनस शेयर सहित कुल ७.०० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
बैंकका सञ्चालक समितिका अध्यक्ष चिन्तामणी भट्टराईको अध्यक्षतामा सम्पन्न १७ औं वार्षिक साधारण सभामा आर्थिक बर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि सहभागी शेयरधनीहरुले राखेका जिज्ञासाहरुको अध्यक्ष भट्टराई र प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले स्पष्ट पार्नु भएको थियो ।
देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) स्थापना भएको छ ।
लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।
प्रतिक्रिया