+
Search

ताजा अपडेट +

पपुलर +

हिमालयन बैंकको ३२औं वार्षिक साधारण सभा सम्पन्न

सजिलोपाना
२०८१ पुष २९, सोमबार

काठमाडौँ । हिमालयन बैंक लिमिटेडको ३२औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ।

बैंक सञ्चालक समितिका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त साधारण सभाले बैंक तथा यसका सहायक कम्पनीहरू सहितको आर्थिक वर्ष २०८०/८१ को एकीकृत वित्तीय विवरण पारित गरेको छ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले सेयरधनीहरूलाई बैंकको दरवारमार्ग स्थित आफ्नै जग्गामा भवन निर्माण गरी उक्त शाखालाई स्थानान्तरण गरी सोही आर्थिक वर्षबाट हिटी दरबार शाखाको नामबाट बैंकिङ सेवा सञ्चालनमा ल्याइसकेको जानकारी गराए।

यसपछि बैंकका अध्यक्ष श्रेष्ठले आर्थिक वर्ष २०८०/८१ का प्रतिवेदन प्रस्तुत गर्दै वर्तमान संकुचित आर्थिक परिवेशको अवस्थामा पनि बैंकको खुद मुनाफा एक अर्ब २३ करोड ८३ लाख तीन हजार रहेको र अन्य समष्टिगत आम्दानी गणना गर्दा बैंकको खुद आम्दानी एक अर्ब दुई करोड ३९ लाख एक हजार रूपैयाँ रहेको जसमध्ये अनिवार्य जगेडा कोषमा सो वर्षको खुद मुनाफाको २० प्रतिशतले हुन आउने २४ करोड ७६ लाख ६० हजार रूपैयाँ छुट्याइएको जानकारी दिए।

यसैगरी बैंकको निक्षेप अघिल्लो वर्षको तुलनामा ६.८९ प्रतिशतले वृद्धि भई  दुई खर्ब ९७ अर्ब ७२ करोड ५३ लाख रूपैयाँ पुगेको, कर्जा सापट १.७९ प्रतिशतले वृद्धि भई दुई खर्ब ४७ अर्ब १० करोड ९० लाख रूपैयाँ रहेको जानकारी गराए।

सो अवधिमा बैंकको कुल सम्पत्ति ६.४२ प्रतिशत र खुद सम्पत्ति ३.१४ प्रतिशतले वृद्धि भई क्रमशः तीन खर्ब ५५ अर्ब ७३ करोड ५८ लाख रूपैयाँ र ३६ अर्ब ६२ करोड ३१ लाख रूपैयाँ पुगेको पनि जानकारी गराए।

यस समीक्षा वर्षमा बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनको परिधिभित्र रही १ अर्ब १२ करोड ४३ लाख ४८ हजार कर्जा तथा ब्याज अपलेखन गरेको छ भने विगत वर्षहरूमा अपलेखन भएका कर्जाबाट १ करोड ४ लाख १८ हजार रूपैयाँ असुली गर्न सफल भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना

सबै खबर एउटै पानामा