काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड विभिन्न मितिमा विभिन्न योजना अन्तर्गत बीमालेख लिएका, तर योजना बमोजिमको रकम लिने समय भै सक्दा समेत हालसम्म पूर्ण अवधि भुक्तानी रकम तथा आंशिक अवधि भुक्तानी रकम नलिएका बीमितहरुलाई आफ्नो बीमालेख अन्तर्गतको सुविधा लिन अनुरोध गरेको छ ।
कम्पनीले आम बीमितहरुलाई योजना परिपक्व अवधि सकिएकाले उक्त योजना बमोजिमको रकम लिनको लागि देश भरी रहेका शाखा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
प्रतिक्रिया