+
Search

ताजा अपडेट +

पपुलर +

गरिमा विकास बैंकको डेविट र क्रेडिट कार्ड मार्फत सुरक्षित रुपमा अनलाईन भुक्तानी गर्न सकिने

सजिलोपाना
२०८१ माघ १०, बिहीबार

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले नविनतम डिजिटल बैकिड मार्फत लामो समयदेखी आफ्ना ग्राहकवर्गहरुलाई सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

आफ्नो डिजिटल बैकिङ सेवालाई थप गुणस्तरीय एवं ग्राहकमैत्री बनाउने उद्देश्यका साथ विकास बैकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को सहकार्यमा विकास बैंकको डेविट तथा क्रेडिट कार्ड मार्फत सिधै रकम  भुक्तानी गरी विभिन्न अनलाईन प्लेटफर्महरु मार्फत वस्तु तथा सेवा खरिद गर्न सकिने 3D Secure ई-कमर्श सेवाको सुरुवात गरेको छ ।

उक्त सेवा सुचारु गर्न चाहने विकास बैंकका डेविट तथा क्रेडिट कार्डहोल्डर ग्राहकहरुले यस विकास बैकमा सम्पर्क गरी आफ्नो कार्डमा ई-कमर्श सुविधा सुचारु गर्न सक्नेछन् जसबाट सुरक्षित, गुणस्तरीय एवं ग्राहकमैत्री अनलाईन भुक्तानीको अनुभव गर्न सकिनेछ ।

अनलाईन मार्फत वस्तु तथा सेवा खरिद गर्ने ग्राहकहरुको यस विकास बैंकमा रजिष्टर गरिएको मोबाईल नम्बरमा OTP जाने व्यवस्था मिलाईएको हुँदा कारोबार थप सुरक्षित एव गुणस्तरीय हुने विश्वास रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना

सबै खबर एउटै पानामा