+
Search

ताजा अपडेट +

पपुलर +

महालक्ष्मी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

सजिलोपाना
२०८१ माघ ११, शुक्रबार

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले बैंककै विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ।

सेयर किन्न इच्छुक संस्थापकले ३५ दिनभित्र काठमाडौंको दरबारमार्ग स्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ। यो अवधिभित्र संस्थापकबाट सेयर खरिदका लागि निवेदन नआएमा सर्वसाधारणलाई बिक्री गरिने बैंकले जनाएको छ।

बैंकले बिक्रीमा राखिएको सेयर संख्या, सोको मूल्य र बिक्रेताको नाम लगायतका विवरण सम्बन्धी जानकारीका लागि बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सकिने बताएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना

सबै खबर एउटै पानामा