आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

वर्ल्ड इकोनोमिक फोरमको ‘योङ ग्लोबल लिडर’ मा छनोट भइन् उपमेयर डंगोल

वर्ल्ड इकोनोमिक फोरमको ‘योङ ग्लोबल लिडर’ मा छनोट भइन् उपमेयर डंगोल

सजिलो पाना
बुधवार, बैशाख ३ २०८२
सजिलो पाना
बुधवार, बैशाख ३ २०८२
  • काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडर– २०२५ मा छनोट भएकी छन् । संसारभरबाट संस्कृति, सम्पदा, खेल, व्यापार, समाजसेवा, राजनीति लगायत विभिन्न विधामा ४० वर्षमुनिका ११६ जना छनोटमा परेका छन्। दक्षिण एसियाबाट ११ जना छनोट हुँदा नेपालबाट डंगोल मात्र छानिएकी हुन् । उनी राजनीति क्षेत्रबाट छानिएका १९ जनामध्ये एक हुन् ।

    डंगोलसँगै थाइल्याण्डकी प्रधानमन्त्री पाइतोङतार्न सिनावात्रा र भारतका नागरिक उड्डयन मन्त्री किंजरापु राममोहन नायडू पनि राजनीति क्षेत्रबाटै छनोट भएका छन् । वर्ल्ड इकोनोमिक फोरम सुन्दर भविष्य भएका असाधारण व्यक्तिहरूको अन्तर्राष्ट्रिय सञ्जाल हो । यसमा हजारौंले आवेदन दिए पनि सीमित व्यक्ति मात्र छनोट हुन्छन् ।

    डंगोलले योङ ग्लोबल लिडरमा छनोट भएकामा आफूलाई गर्व लागेको बताएकी छन् । ‘संसारभरको यो मञ्चमा समग्र नेपालको प्रतिनिधित्व गर्दै युवा नेतृत्वका रूपमा छनोट हुँदा थप खुसी लागेको छ,’ उनले भनिन्, ’परिवर्तनका संवाहक भनेका युवा हुन्। म स्वयं पनि युवामा विश्वास राख्ने भएकाले संसारभर सकारात्मक सन्देश दिने यो मञ्चमा छनोट हुँदा समग्र युवाको प्रतिनिधित्व भएको महसुस गरेकी छु ।’

    उनले अगाडि भनिन्, ‘यो छनोटले मलाई थप जिम्मेवारीबोध महसुस गराएको छ। जुन भूमिकामा छु, त्यहाँ रहेर अझ धेरै राम्रो गर्न प्रोत्साहन मिलेको छ ।’ ‘मिस नेवा २०११’ की विजेता डंगोलले लिपि अभियन्ताको परिचय पनि बनाएकी थिइन् । डंगोललाई स्थानीय लिपिहरूको संरक्षणसँगै राजधानीको उपमेयर समेतको स्थानमा पुग्न सफल भएको भन्दै योङ ग्लोबल लिडरमा छानिएको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij