आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

आज - ०४ भाद्र २०८२ बुधवार को राशिफल

आज - ०४ भाद्र २०८२ बुधवार को राशिफल

सजिलो पाना
बुधवार, भाद्र ४ २०८२
सजिलो पाना
बुधवार, भाद्र ४ २०८२
  • काठमाडौं । आज २०८२ साल भदौ ४ गते बुधबार।

    मेष : प्रतिद्वन्दीहरूलाई पछाडि पार्न सफल भइनेछ। चिताएका कार्य समयमा सम्पादन गर्न सकिनेछ। शत्रुहरू परास्त हुनेछन्। महत्वकांक्षी योजनाहरू प्रारम्भ गर्न सकिनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।

    वृष : दिन राम्रो छ। धनलक्ष्मी योग परेको छ। आज गरेको लगानीले आम्दानी बढाउनेछ। राजनीतिक र सामाजिक क्षेत्रमा सेवाका अवसर मिल्नेछन्। बन्दुहरुसँग भने सचेत भएर काम गर्नुहोला।

    मिथुन : दिन राम्रो छ। दाजुभाइसँग गरेको कार्यएकताले तपाईंलाई फाइदा हुनेछ। स्वास्थ्य र शिक्षामा गरेको लगानीबाट आम्दानी हुनेछ। धार्मिक क्षेत्रमा रुची घट्नेछ।

    कर्कट : दिन सामान्य छ। कुरा काट्नेहरु बढ्नेछन्। शिक्षा र वैदेशिक क्षेत्रमा भने सुधारका संकेत देखिनेछन्। परिवारसँगको सम्बन्धमा मनमुटाव हुनेछ।

    सिंह : दिन राम्रो छ। स्वास्थ्य, शिक्षा र रोजगारीको क्षेत्रमा महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ। व्यापार व्यवसायमा गरेको लगानीबाट फाइदा हुनेछ। गोपनीयता कायम गर्नुपर्ने दिन छ।

    कन्या : दिन राम्रो छ। कृषिमा गरेको लगानीबाट नाफा हुनेछ। शत्रु बढ्नेछन्। तपाईंको प्रशंसा गर्नेहरु थपिनेछन्। परिवारको साथ लिएर अघि बढ्नु उचित हुनेछ।

    तुला : दिन राम्रो छ। शिक्षा र स्वास्थ्यमा लगानी गर्नुहोला। सामाजिक संघसंस्थामा तपाईंको मानसम्मान बढ्नेछ। उपल्लो स्थानमा भएका व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ।

    वृश्चिक : दिन सामान्य छ। स्वास्थ्यमा समस्या आउन सक्छ। शिक्षा र वैदेशिक रोजगारीमा भने श्रमको मूल्याङ्कन हुनेछ। आजको दिन गोपनीयता कायम गर्नु उचित हुनेछ।

    धनु : दिन राम्रो छ। घुमघाम तय हुनसक्छ। धर्मकर्ममा रमाउने दिन छ। बौद्धिक व्यक्तिसँग परामर्श गरेर गरेको कामबाट फाइदा हुनेछ। स्वास्थ्य, शिक्षामा सुधारका संकेत देखिनेछ।

    मकर : आफ्नो अनुकूलतामा सबै कार्य सम्पादन गर्न सकिनेछ। बोलिको माध्यमले कार्य सिद्ध हुनेछन्। तपाईँको विचारलाई सम्मान मिल्नेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

    कुम्भ : दिन राम्रो छ। घुमघाम तय हुनेछ। पुरानो साथीभाइसँगको भेटले मन प्रशन्न हुनेछ। स्वास्थ्य र शिक्षामा सुधारका संकेत देखिन्छन्। परिवारको सहयोगमा काम गर्नुहोला।

    मीन : कार्यक्षेत्रमा समझदारीले नयाँ निर्णयहरू लिनुहोला नत्र समस्यामा पर्न सक्नुहुन्छ। घरपरिवारमा चित्त नबुझेको कुरामा छिट्टै प्रक्रिया नदिनुहोस्। सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij