काठमाडौं । आज २०८२ साल वैशाख ८ गते सोमबार। वैशाख कृष्ण पक्षको अष्टमी तिथि।
मेष : शुभकार्य एवं समाजसेवामा मन लाग्नेछ। विद्यार्थीहरूको नयाँ रचना वा ज्ञानमा वृद्धि हुनेछ। पिताको कुरालाई बेवास्था नगर्नुहोस्। मन पर्ने व्यक्तिलाई सहयोग गर्न पाइनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।
वृष : दिन राम्रो छ। सफलताका लागि मिहिनेत गर्नुपर्ने दिन छ। शिक्षामा सफलता प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा तपाईंका कामको प्रशंसा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
मिथुन : परिवारमा झन्झट आइपर्ने खतरा छ। अप्रिय खबरले मन अशान्त बन्नेछ। सामाजिक र राजनीति क्षेत्रमा विवाद हुने देखिन्छ। स्वास्थ्यमा ख्याल गर्नु राम्रो हुन्छ।
कर्कट : आज तपाईंका लागि दिन धेरै राम्रो छ। सामाजिक र राजनीतिक क्षेत्रमा सम्मान बढ्नेछ। वैदेशिक लगानीबाट उत्साह बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।
सिंह : दैनिकी सामान्य छ। झुटो आरोपको सामना गर्नुपर्ने हुनसक्छ। आर्थिक क्षेत्रमा गरेको लगानीबाट घाटा हुने जोखिम छ। प्रेम सम्बन्धमा खटपटी हुने छ। जुनसुकै क्षेत्रमा मिहिनेतको खाँचो देखिन्छ।
कन्या : दिन राम्रो छ। श्रमको उचित मूल्यांकन हुनेछ। धेरै बोल्ने साथी कमजोर बन्नेछन्। शिक्षामा सफलता प्राप्त हुनेछ। सामाजिक क्षेत्रको कामबाट सम्मान मिल्नेछ। लामो यात्रा नगर्नु राम्रो हुनेछ।
तुला : संघर्ष गर्नुपर्ने दिन छ। अवसरको सदुपयोग गर्नु राम्रो हुन्छ। शिक्षाको क्षेत्रमा मिहिनेत गर्नुपर्ने दिन छ। आफ्ना भनिएका साथीसँग प्रतिवाद गर्नुपर्ने हुनसक्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।
वृश्चिक : दिन सामान्य छ। शरीरमा आलश्य बढ्नेछ। राम्रो काम गरे पनि गलत अर्थ लाग्नसक्छ। परिवारमा मेलमिलाप हुनेछ। सामाजिक कामले समाजमा प्रतिष्ठा बढ्नेछ।
धनु : दिन राम्रो छ। लगानीका क्षेत्रमा सफलता मिल्नेछ। धेरै साथीभाइले तपाईंको कामको प्रशंसा गर्नेछन्। शिक्षामा गरेको प्रयास सफल हुनेछ। स्वास्थ्यमा गरेको लगानीले लाभ हुनेछ।
मकर : आजको दिन धेरै नै राम्रो छ। शिक्षाको लगानीबाट उत्साह मिल्नेछ। परिवारको सहयोग प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट प्रगति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
कुम्भ : आज तपाईंको खर्च बढ्नेछ। समय सामान्य छ। अनावश्यक उदासिनता आइपर्ने छ। लगानीको क्षेत्रबाट भने सामान्य नाफा हुनेछ। राजनीतिक यात्रामा अवरोध खडा हुनेछन्।
मीन : राजनीतिक क्षेत्रमा नयाँ अवसरहरू मिल्नेछन्। कार्यक्षेत्रमा एउटा कार्य सिध्याएर मात्र अर्को कार्य प्रारम्भ गर्नुहोला। विवादास्पद समस्याहरूबाट टाढा रहनुहोस्। आयआर्जनका नयाँ स्रोतहरू बन्नेछन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।




